Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


तीन पसलमा आगलागी, लाखौँ रुपैयाँको क्षति


0
Shares

आगलागीबाट पसलमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसल जलेर नष्ट भएको छ ।

राति १ बजे आगलागी भएको खबर प्राप्त भएको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए । प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोगगरी आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । घटना र क्षतिको विषयमा अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताए । (रासस)