Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कृषि प्राविधिक विद्यालय नमूना बन्दै


0
Shares

२०६९ सालबाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी संचालित शिक्षालयमा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, चितवन, बागलुङलगायत विभिन्न १८ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि पुग्दछन् । शिक्षालयमा १८ महिने जेटिए र ३ वर्षे आइ.एस.सी. तहको पढाई हुन्छ ।

मासिक ५ हजार रुपैयाँमा आवासीय सुविधासहित पठनपाठन हुने प्राविधिक शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले जानकारी दिए । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा रहेका विमवासीको सहयोगमा शिक्षालय संचालन भइरहेको गर्बुजाले बताए ।

हालसम्म जेटिएतर्फबाट १६० जनशक्ति उत्पादन भई सरकारी र गैरसरकारी संस्थामा रोजगारी पनि पाइरहेको पनि उनले जानकारी दिए ।