Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रधानमन्त्री देउवाको निर्देशन भएन पूरा (भिडियो रिपोर्ट)


0
Shares

प्रधानमन्त्रीको निर्देशनपछि केही स्थानमा खाल्डाखुल्डी पुर्ने काम भएपनि अधिकांश सडकको अवस्था उस्तै छ ।

गत साउन १ गते प्रधानमन्त्री देउवाले सरोकारवाला मन्त्रीदेखि विभागीय प्रमुखसम्मलाई एकै ठाउँ राखेर राजधानीका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन दिए ।

नेपालटारमा एक बालिकाको ढलमा बगेर मृत्यु भएको र अर्की स्कुले किशोरी सामाखुसीमा ढलमा खसेको दृष्य बाहिर आएपछि प्रधानमन्त्री देउवाले त्यस्तो निर्देशन दिएका थिए ।

तर, देशको कार्यकारी प्रमुखको कडा निर्देशनले पनि राजधानीका सडकका भ्वाङ टाल्न भने नसकेको देखिएको छ ।

यो अवधिमा कामै नभएको भने होइन, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाले केही स्थानका खाल्डा पुर्ने र भत्केका सडकमा कालोपत्रे गर्ने काम पनि गरेका छन् । तर, समग्रमा राजधानीका सडकको अवस्था अहिले पनि बेहाल र बिजोग नै छ ।

पुरिएका खाल्डा र टालिएका सडक एक साता पनि नटिक्ने खालका भएको पाइएको छ ।

बरु सडक विभागका प्रवक्ता दयाकान्त झा प्रधानमन्त्रीको १५ दिने निर्देशनको जानकारी आफूलाई नभएको दाबी गर्न पछि परेनन् ।

वर्षात्को समयमा माटो हालेर पुरिएका सडकहरु फेरि उस्तै भइसकेका छन् । कतिपय स्थानमा त हिँड्ने नसक्ने अवस्था छ ।

सडक विभागका प्रवक्ता झा भने सडकका खाल्डा पुर्ने र टाल्ने काम निरन्तर भइरहने भन्दै दसैंसम्ममात्रै खाल्डा पुरेर सकिने बताउँछन् ।

भिडियो हेर्नुहोस्