Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सिँचाइको बाँधमा महिलाको शव फेला, सनाखत हुन सकेन


0
Shares

राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । मृतक महिलाको पहिचान हुन सकेको छैन ।

अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्टामा मोसो भएको, बायाँ हातमा पालिस लगाएको देखिन्छ ।

साथै, दाहिने हातमा यमाकला लेखी खोपेको, मंगोलियन समुदायको जस्तो देखिने महिलाको हुलिया भएकाले प्रहरीले जनाएको छ । (रासस)