Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


विश्व शान्तिको कामना गर्दै ललितपुरमा ‘नरसिंह जात्रा’ मनाइने


0
Shares

नरसिंह जात्रा समारोह समितिले मंगलबार (आज) ललितपुरमा आयोजित कार्यक्रममा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपालि श्रावण २८ गते मनाउन लागिएको जानकारी दिइयो ।

आगामी साउन २८ गते शनिबारका दिन बाजागाजा, भजन, विभिन्न झाँकिसहित उत्सवकै रुपमा मनाउन लागिएको समारोह समितिका संयोजक माधवश्याम शर्माले बताए ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीले यस जात्रालाई अन्तर्राष्ट्रिय जगतमै प्रचार–प्रसार गर्नुपर्ने बताउँदै देशमा गणतन्त्र स्थापित भइसकेकाले मौलिक परम्परागत जात्रालाई पनि समयानुकुल सन्चालन गर्नुपर्नेमा जोड दिए ।

संयोजक शर्माले समस्त प्राणीमात्रको सु–स्वास्थ्य र विश्व शान्तिको कामना गर्दै मनाइने यस जात्रा हेर्न सबैलाई ललितपुर आउनका लागी अनुराध गरेका छन् ।

ललितपुरका राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालै–पालो हस्तान्तरण हुँदै सन्चालन हुने भएकोले यसपाली भने ललितपुर तुइलाक्व टोलका घनश्याम शर्माको घरबाट सन्चालन हुनेछ ।