काठमाडौं, माघ ११ । नेपाललाई आफ्नो ‘पावर एक्सचेन्ज मार्केट’मा प्रवेश दिन भारत सहमत भएको छ ।
यो सहमतिसँगै नेपालले भारतको बिजुली बजारमा प्रवेश पाउने सुनिश्चित भएको छ ।
पोखरामा भएको नेपाल–भारत सचिवस्तरीय बैठकमा भारतले आफ्नो पावर एक्सचेन्ज मार्केटमा विभिन्न मोडालिटीमा विद्युत् खरिद गर्न नेपाललाई प्रवेश दिन सहमति जनाएको हो । भारतले यो व्यवस्था कार्यान्वयनका लागि दुई महिनाको समय मागेको छ ।
भारतले केही समयअघि आफ्ना छिमेकी मुलुकलाई खुला बिजुली बजारमा प्रवेश दिनसक्ने गरी नयाँ निर्देशिका जारी गरेको थियो ।
सोही निर्देशिकाकै आधारमा नेपालले भारतको पावर एक्सचेन्ज मार्केटबाट आफूले पनि बिजुली किन्न पाउने गरी व्यवस्था गर्न सचिवस्तरीय बैठकमा एजेन्डा प्रस्तुत् गरेको थियो ।
सो एजेन्डमा राजी हुँदै भारतले नेपाललाई आफ्नो ‘पावर एक्सचेन्ज मार्केट’ मा प्रवेश दिन सहमत भएको हो ।
बैठकले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनलाई ४०० केभीमा स्तरोन्नति गर्ने काम २०१९ सम्ममा सक्ने सहमति गरेको छ ।









प्रतिक्रिया दिनुहोस्