अरब सरकारले नेपाललाई हजयात्राका लागि १ हजार २ सय कोटा दिएको छ । त्यसका लागि देशभर बाट १ हजार ९ सय १६ जनाले आवेदन दिएका थिए ।
जसमध्ये ६ सय १५ जना गतवर्ष छनोटमा नपरेकाले यस वर्ष पहिलो प्राथमिकतामा परेका छन् ।
कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसंख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिका आधारबाट हजयात्रामा जानेको नाम छनोट गरेको मुस्लिम वेलफेयर सोसाइटीका हज व्यवस्थापन उपसमितिका अध्यक्ष अब्दुल रहमान खाँनले जानकारी दिए ।
मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथलो मानिन्छ । रुपन्देहीको हज तीर्थयात्रीको टोली साउन २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्