Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


पूर्वराजा ज्ञानेन्द्र शाह नाति नातिनीलाई घुमाउन बैंकक जाने


0
Shares

मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।

यही साउन ४ गते मुटुमा समस्या भएपछि उपचार गराउन उनी नर्भिक अस्पताल पुगेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने बताइएको छ ।

उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू हुनेछन् ।

पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेका हुन् ।

सपरिवार थाइल्याण्ड भ्रमणमा लागेपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन् ।