Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ताप्लेजुङमा पहिरोले घर भत्कियो, परिवारले भागेर ज्यान जोगाए


0
Shares

पहिरोका कारण अरु तीन घर जोखिममा परेका छन् ।

सुकेटार–भालुगौडे सडक खण्ड नजिकैको कृष्णबहादुर भट्टराईको घर सडकबाट खस्न थालेको पहिरोले भत्काएको स्थानीय टेकमान भट्टराईले जानकारी दिए ।

राति करिब साढे एक बजे पहिरो झर्न सुरु भएपछि भट्टराईको परिवार भने भागेर जोगिएको बताइएको छ ।

पहिरोले नरबहादुर भट्टराई, टेकमान भट्टराई र भक्तिहाङ फुरुम्बु लिम्बुको घर पनि जोखिममा परेका छन् ।