
उत्तर कोरियालाई लामो दुरीको परमाणु क्षेप्यास्त्र विकसित दिने मौका प्रदान गर्नुभन्दा युद्धमार्फत उसका सबै कार्यक्रम नष्ट गर्ने विकल्पबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रष्ट देखिएको सांसद लिन्डसे ग्राहमले बताएका हुन् ।
एक टेलिभिजनसँग कुरा गर्दै उनले आफूसँग राष्ट्रपति ट्रम्पले यसबारे खुलासा गरेको दाबीसमेत गरे । उत्तर कोरिया यसरी नै आफ्नो परमाणु कार्यक्रममा अघि बढिरहेमा युद्ध हुने र त्यसका लागि आफू तयार रहेको राष्ट्रपति ट्रम्पले बताएको ग्राहमको भनाइ थियो ।
अघिल्लो सातामात्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो परमाणु हतियारको निशानामा पुरा अमेरिका परिसकेको दाबी गरेका थिए ।
उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र विकसित गरिरहेको दाबी अन्तर्राष्ट्रिय संचारमाध्यमले गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्