
अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार (आज) सो जानकारी दिएको छ । त्यसैगरी, यस आक्रमणमा परी अन्य चारजना नेटो आवद्ध सैनिक घाइते भएका छन् ।
घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य चार घाइते भएका आरएसले बिहीबारमात्र जानकारी दिएको छ ।
यस आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन ।
अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिएपनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्