प्रधानमन्त्री देउवाले सिंहदरबारको दक्षिण–पश्चिममा रहेको नेपाली सेनाको घोडा स्याहार केन्द्र गुल्म रहेको स्थानमा निर्माण गर्न लागिएको रक्षा मन्त्रालयको भवन शिलान्यास गरेका हुन् ।
उनले भवन निमार्णमा आर्थिक अनुशासन कायम गरी तोकिएको समयमा काम सक्न निर्देशनसमेत दिए ।
२०७७ असारमा सम्पन्न गर्ने गरी १९ करोड ३३ लाखमा पाँच तले भवन निर्माण गर्न लागिएको हो ।
निर्माण हुने भवन अपांग मैत्री हुने छ । रक्षा मन्त्रालयले आफ्नै भवन नहुँदा सिंहदरबारभित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमार्फत काम चलाउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्