Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


धार्मिक र जातीय विभेदको अन्त्यका लागि ‘पीस रोड र्‍याली’


0
Shares

शान्तिका लागि कार्यरत संस्था युनिर्भसल पिस फेडेरसनले अयोजना गरेको र्‍यालीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले उद्घाटन गरे ।

काठमाडौंको नक्सालचौरबाट सुरु भएको पीस रोड र्‍याली शान्तिवाटीमा पुगेर टुंगिएको थियो ।

विश्वमा भएका धार्मिक र जातीय विभेदको अन्त्य गर्दै सद्भावसहित शान्ति कायम गर्ने उद्देश्यले र्‍याली निकालिएको हो ।

र्‍यालीमा विभिन्न दलका सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायत सहभागी थिए ।