Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अझै १२० नगरपालिका निमित्तको भरमा


0
Shares

नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सन्चालन भएका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सन्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिए ।

उनले सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गरे ।

‘हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौं’–उनले भने–‘अहिलेसम्म दुईपटक चिठी पठायौं । तर, सामान्यले अझै कर्मचारी पठाएको छैन ।’

स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो ।

यता, सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताए ।

यसैगरी, महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भएपनि वीरगन्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन् ।

उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताए ।

उनले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताए । रासस