
अमेरिका र उत्तर कोरियाबीच ‘शित युद्ध’ चुलिएका बेला चिनियाँ राष्ट्रपतिले शनिबार (आज) यस्तो आग्रह गरेका हुन् ।
आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरी स्थिति भड्काउने व्यवहार रोक्न सम्बन्धित सबै सरोकारवाला पक्षलाई आग्रह गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
दुई नेताबीच उत्तर कोरियाको समस्या शान्तिपूर्ण रुपमा समाधान हुनेमा विश्वास लिएको ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाको एकमात्र बलियो सहयागी चीनले संयमता अपनाउन लगातार आग्रह गरिरहेको छ ।
ह्वाइट हाउसले विज्ञप्ति जारी गरी अमेरिका र चीन, उत्तर कोरियाले उत्तेजित बनाउने व्यवहार रोक्नुपर्नेमा सहमत भएको जनाएको छ । गत जुलाईमा दुई ओटा अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेपछि उत्तर कोरिया र अन्तर्राष्ट्रिय समुदायबीच तनाब बढेको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिका प्रतिबन्ध बढाउने निर्णय गरेपछि उत्तर कोरिया थप आक्रोशित बनेकोे छ ।
उत्तर कोरियाले केही दिनभित्रै प्रशान्त महासागरस्थित अमेरिकी टापु गुआममा क्षेप्यास्त्र प्रहार गर्ने योजना सार्वजनिक गरेपछि जवाफमा अमेरिकाले विनाशको बाटो नरोज्न उत्तर कोरियालाई चेतावनी दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्