
आइतबार (आज) माथेमा प्रतिवेदनको मर्मअनुसारको चिकित्सा शिक्षा विधेयक नबनाएसम्म अनशन नतोड्ने अडान डा.केसीले लिएका हुन् ।
संसदीय समितिबाट पारित भएको विधेयकमा माथेमा प्रतिवेदनले दिएको मर्मलाई तोडमोड गरी आसयपत्र लिइसकेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै केसीले अनसन नतोड्ने अडान लिएको जनाइएको छ ।
केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको उपचारमा संलग्न चिकित्सकको टोलिले बताएका छन् । चिकित्सकहरुले मांसपेशी बाउडिने, रिंगटा लाग्ने लगायत शरीरमा ग्लुकोजको मात्रा कम हुने समस्या बढेकोे बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्