७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


इरानले मिसाइल कार्यक्रममा लगानी बढाउने, अमेरिकी सेना र गुप्तचरमाथि प्रतिबन्ध


0
Shares

मिसाइल कार्यक्रममा ५ सय मिलियन भन्दा बढीले बढाउने प्रस्तावलाई अन्तिम रुप दिन भने दोस्रो चरणको मतदानबाट पनि स्वीकृति आवश्यक रहन्छ । २७ बुँदे प्रस्तावमा अमेरिकी सेना र गुप्तचर अधिकारीमाथि प्रतिबन्ध लगाउने बुँदा पनि समेटिएको छ ।

अमेरिकाको पछिल्ला प्रतिबन्धको प्रतिक्रियास्वरुप इरानले यो कदम चालेको बताइएको छ । अमेरिकी प्रतिबन्धले सन् २०१५ को आणविक सम्झौता उल्लंघन गरेको तेहरानको जिकिर छ ।

ओबामा प्रशासनसहित शक्ति राष्ट्रले इरानसँग गरेको उक्त सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म कै खराब सम्झौता भनेका छन् ।

गत जनवरीको मिसाइल परीक्षणपछि इरानविरुद्ध अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । (एजेन्सी)