२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सोमबार सुनको मूल्यमा सामान्य गिरावट


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउमा पनि ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।