१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


राहत कोषमा २ अर्ब १२ करोड, बाढीपीडित भोकभोकै


0
Shares

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ । कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो ।

त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपत् उद्धार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ । यस्तो कोषमा रकम अभाव नभए पनि सरकारको अकर्मण्यता, मनसुनी बाढी र पहिरोमा परेका परिवारलाई राहतको योजना नहुँदा सामाग्री वितरण हुन नसकेको हो । –नागरिक दैनिकबाट