७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


गुआम टापुमा उत्तर कोरियाले कसरी गर्दैछ आक्रमण ? विस्तृत योजना सार्वजनिक


0
Shares

मंगलबार (आज) सरकारी सन्चारमाध्यमद्वारा सार्वजनिक गरिएको उक्त आक्रमणको योजनामा नेता किम जोङ उनले ‘सामरिक बलको फायर स्ट्राइक प्लान’ हेर्दै इसारा गरेर स्विच थिच्दै गरेको योजना फोटोसिहत सार्वजनिक गरेको हो ।

अमेरिकी सेनाको बम बर्षक विमानको अखडा रहेको गुआम द्वीपमा आक्रमण गर्ने योजना सार्वजनिक भएपछि पछिल्लो समय दबै देशबीचको तनाव उत्कर्षमा पुगेको छ ।

आज सार्वजनिक गरिएको उक्त विस्तृत योजनामा किमले उत्तर कोरियाबाट मार हानिएको परमाणु क्षेप्यास्त्र कोरियाको पुर्वी तटबाट सुरु भई जापानको आकाश हुँदै गुआम पुग्ने देखाइएको छ ।

नक्शामा देखाइएको क्षेप्यास्त्र प्रक्षेपण स्थान उत्तर कोरियाको पूर्वी सामुद्रिक तटीय शहर सिन्पोको आसपासको सिन्गोस्थित एक शैन्य अखडा रहेको दक्षिण कोरियाली इन्जिनियरिङ फाउन्डेशनका विशेषज्ञ किम डोंग युबले बताए ।

किम जोंगले इशारा गरिरहेको फोटोहरुमा चारओटा क्षेप्यास्त्र प्रक्षेपण गरिने र उक्त क्षेप्यास्त्र जापानको शिम्यान, हिरोशिमा र कोइची प्रिफेक्चरमाथिको आकाशबाट पार गर्ने देखाइएको छ । उक्त नक्शामा चारओटै क्षेप्यास्त्रहरु ३ हजार ३५६.७ किलोमिटरको दुरी १७.७५ मिनेट (१ हजार ६५ सेकेण्ड)मा पार गर्ने र त्यसपछि गुआमभन्दा ३० देखि ४० किलोमिटर वर समुद्रीक सतहबाट मार हान्ने योजना रहेको देखाइएको छ ।

उत्तर कोरियाले उक्त आक्रमण योजना सम्पुर्ण जनतालाई सन्चारमाध्यमबाट सार्वजनिक गरेर आत्मविशवास बढाउन खोजेको दक्षिण कोरियाका विशेषज्ञ डोंग युबले बताए । उनका अनुसार उत्तरको यो पछिल्लो हर्कतले तिमिहरु रोक्न सक्छौ भने रोक हामी आक्रमण गरेरै छोड्छौँ भन्ने खालको खुल्ला धम्की हो ।

कोरियाली प्रायद्पिमा उत्पन्न तनावले उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम तीब्र गतिमा माथि बढेको बताइएको छ । उत्तर कोरिया र अमेरिकाले पछिल्लो दिनहरुमा परमाणु युद्धको लागि तयार रहेको संकेतले अन्य शक्ति राष्ट्रहरुले समेत परमाणु कार्यक्रम अधि बढाउने बाटो पाएको छ । डोंग युबले यस घटनाक्रमले विश्वलाई दुर्घटनातिर मोडेको बताए ।

अमेरिकी रक्षा सचिव जिम मटिसले अमेरिकी सेना उत्तरको परमाणु क्षेप्यास्त्र रोक्न तयार रहेको अभिव्यक्ति दिएका थिए । जिमको अभिव्यक्ति आएपछि नेता किमले आफ्ना सैनिकलाई तयार रहन निर्देशन दिएको उत्तर कोरियाली सरकारी सन्चारमाध्यम केसिएनले उल्लेख गरेको छ । (रोयर्टस)