
आयोगका सचिव राजन खनालले मालपोत कार्यलय, यातायात व्यवस्था विभाग, नापी विभाग, श्रम कार्यालय र नगरपालिकामा सो होडिङबोर्ड र स्टीकर सर्वसाधरणले देख्ने गरी राख्ने जानकारी दिए ।
सो टोल फ्री नम्बरमार्फत् भ्रष्टाचारजन्य गतिविधि, अनियमितता र घुसलगायतका गुनासा टिपाउन सर्वासाधरणलाई आग्रह गरिनेछ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगले ६८ ओटा ‘स्टिङ अपरेसन’ गरेर ९१ जना कर्मचारीहरुलाई यो आर्थिक वर्षमा नियन्त्रणमा लिइ कारबाही चलाएको जानकारी पनि दिइयो । जसमा ६ जना उपसचिव, ४० जना नायब सुब्बा रहेका छन् ।
सबैभन्दा बढी स्टिङ अपरेसन नापी कार्यलयमा गरिएको र २२ ओटा जिल्लामा यस्ता अपरेसन गरिएको पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्