
आफैंले किन्न लागेको ६ हेलिकोप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक डेढवर्ष भित्र सेनाले ल्याउन लागेको हो । अहिले सेनासँग १० हवाई साधन चालु छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् ।
रुसमा निर्मित दुई एमआई–१७ हेलिकोप्टर, एक भीआईपी हेलिकोप्टर र एक जहाज (फिक्सड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका (मध्यम १ र हल्का २) हेलिकोप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाईजहाज एयर बस कम्पनीको हो ।
बाढी पहिरोमा परेकालाई उद्धार र राहतसम्बन्धी कामबारे रक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सेनाले खरिद गर्ने हवाईजहाज र हेलिकोप्टरको प्रक्रिया अघि बढेको जनाकारी दिइएको हो । हवाई साधन पर्याप्त नहुँदा समयमा उद्धार हुन नसकेको सेनाले जनाएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्