बार्सिलोना आक्रमणका मूख्य आरोपी मारिए « Imagekhabar – Online News Portal of Nepal


बार्सिलोना आक्रमणका मूख्य आरोपी मारिए


0
Shares

आक्रमणका मूख्य आरोपी स्पेनकै नागरिक मुसा ओकाबीर मारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार्सिलोनामा भएको आक्रमणमा १३ र क्यामब्रिल्समा १ गरी १४ जनाको ज्यान गएको थियो ।

क्यामब्रिल्समा प्रहरीले गरेको कारवाहीको क्रममा पाँच जनाको मृत्यु भएको थियो । त्यही क्रममा मारिएकामध्ये मूख्य आक्रमणकारी मुसा ओकाबीर पनि रहेको स्थानीय प्रहरीले पुष्टि गरेको हो ।

आक्रमणमा संलग्न भएको आशंकामा अरु चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बार्सिलोनाको रामब्लासमा मानिसको भिडमा भ्यान चालाउँदा १३ जनाको ज्यान गएको हो । प्रहरीको कारवाहीमा मारिएका ओकाबीर स्पेनिस नागरिक भए पनि घटनामा संलग्न धेरैजसो मोरक्कोका छन् । (एजेन्सी)