काठमाडाैं ।
प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।
आज दिउँसो १ बजेका लागि डाकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संसद् सचिवालयले ‘विशेष कारण’ आज बैठक बस्न नसक्ने जानकारी गराएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी तोकिएको छ । भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभाको बैठक भने आज बिहान बसेको छ ।
अर्को बैठक भदौं १६ गते मंगलवार दिउँसो सवा एक बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्