Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुपरिवेक्षण दिग्दर्शन लागू : धितोपत्र बोर्ड


0
Shares

प्राथमिक बजार विस्तारको लागि एएसबीए प्रणाली लागूगरी प्राथमिक बजार देशव्यापी रुपमा विस्तार गरिएकोे छ । त्यसैगरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) पहिलो संशोधन नियमावली, २०७४ बाट मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार गरेको छ भने धितोपत्र दलाल व्यवसायीहरुको संस्थागत क्षमता विस्तार सम्बन्धमा समेत विभिन्न कार्यहरु गरेको छ ।

यसरी बोर्डले बजारको नियमन सुधारबाट बजार विकास तथा विस्तार हँुदै गइरहेको दाबी गरेको छ । यसै सन्दर्भमा बजारको चुनौतीहरु समेत बढ्न सक्ने भएकोले बोर्डले आगामी दिनमा सुपरिवेक्षण तथा कानुन प्रवलीकरणमा विशेष जोड दिई स्वच्छ, पारदर्र्शी तथा प्रभावकारी रुपमा पूँजी बजार विकास गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

उक्त दिग्दर्शनको कार्यान्वयनबाट धितोपत्र व्यवसायीहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आई संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवाप्रवाहमा प्रभावकारिता आई बजारको थप विकास र विस्तार हुने विश्वास रहेको बोर्डले जनाएको छ ।

सुपरिवेक्षकका काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता समेत तोकिएको बोर्डले जनाएको छ ।