
झापा दमकस्थित कन्काई विकास बैंकले उक्त सिक्का साट्ने भएको हो । बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ ।
सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर र त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम गरिएको थियो ।
समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ ।
एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ ।
गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ । जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने समितिका कर्मचारी नविन निरौलाले बताए ।
पाथिभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्