२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारतमा स्वाइन फ्लूका कारण ८ महिनामा १ हजार ९४ जनाको मृत्यु


0
Shares

स्वाइन फ्लूको संक्रमणका कारण पछिल्लो आठमहिना यता एकहजार ९४ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले बिहीबार (आज)जनाएका छन् ।

पछिल्लो तीनहप्ता यतामात्रै मर्नेको संख्या ३४२ जना पुगेको जनाइएको छ । भारतभर २२ हजार १८६ जना संक्रमित भएको तथ्यांक सार्वजनिक गरिएको छ । स्वाइन फ्लूबाट महाराष्ट्र राज्य बढी प्रभावित भएको छ । महाराष्ट्र राज्यमा हालसम्म मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

भारतमा यो रोगबाट सन् २०१० मा दुई हजार ७ सयभन्दा बढीको ज्यान गएको थियो भने ५० हजार मानिस संक्रमित भएका थिए । (एजेन्सी)