काठमाडाैं। राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
सभाको मंगलबार बसेको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।
प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति माग्नुभएको थियो । तत्पश्चात, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरेकाे हाे।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसाे सवाँ १ बजे बस्ने गरी स्थगित गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्