२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह


0
Shares

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमले संयुक्तरूपमा नयाँदिल्लीमा नेपाल–भारत व्यावसायिक फोरम बैठक गरेका थिए ।

उक्त बैठकलाई नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नेक्रममा राणाले नेपाल सरकारले सबै प्रकारको लगानीका लागि उपयुक्त वातावरण बनाउँदै गएको भन्दै ढुक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई विश्वास दिलाएकी हुन् ।

अध्यक्ष राणाले नेपालमा आफूहरुले विगतदेखि नै औंल्याउँदै आएको लगानीको वातावरणमा मुख्य तगारो बनेको राजनीतिक अस्थिरता नयाँ संविधानको घोषणासँगै अन्त्य हुंँदै गएको बताइन् ।

साथै, उनले राजनीतिक नेतृत्वबाट आर्थिक मुद्दालाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त भइसकेको स्मरण गराएकी थिइन् ।