Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भारतीय नेताहरुसँग भेटघाटपछि प्रधानमन्त्री देउवा हैदराबादतर्फ


0
Shares

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी ९माक्र्सवादी०का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे ।

साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरे ।

उनीहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।
त्यस्तै, प्रधानमन्त्री देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गरे ।

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनेछन् ।

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।