Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, ज्ञानेन्द्र मल्लको शतक


0
Shares

नेपालले दोस्रो खेलमा बिहीबार मायलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानको मद्दतमा निर्धारित् ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन जोडेको थियो ।

१२३ बल खेलेका ज्ञानेन्द्रले १३ चौका र १ छक्काको मद्दतमा १०० रन जोड्दै ‘रिटायर्ड आउट’ भए । नेपालका लागि शरद भेषावकरले ७३ बलमा ४८ रनको योगदान गरे ।

जवाफमा २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले निर्धारित् ओभरमा ८ विकेट गुमाउँदैमात्र १९९ रन बनाउन सक्यो ।

नेपालका लागि सुशन भारी, सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट हात पारे ।

यसअघि, पहिलो अभ्यास खेलमा नेपालले मंगलबार तामिलनाडु प्रिमियर लिग क्लब डिन्डिगुल ड्रयागन्सलाई १५३ रनको फराकिलो अन्तरले हराएको थियो ।