सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलको ७६औं मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, त्यसपछि भारतले दुई मिनेटको अन्तरमा २ गोल गर्दै अग्रता लियो ।
८८औं मिनेटमा ब्रिजेशले पुनः अर्को गोल गर्दै नेपाललाई बराबरीमा ल्याए । बराबरीसँगै नेपालको अर्को चरण प्रवेशको झिनो सम्भावना कायमै रहेको छ । नेपालको १ अंक छ भने भारतको ४ अंक भएको छ ।
त्यस्तै, लगातार दुई जितका साथ इराक ६ अंकसहित शीर्ष स्थानमा छ । प्यालेस्टाइन भने लगातार दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल, भारत, प्यालेस्टाइन र इराक गरी चार राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।
अन्तिम खेलमा नेपालले आइतबार प्यालेस्टाइनसँग खेल्नेछ ।









प्रतिक्रिया दिनुहोस्