Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


लागू औषध कोकिनसहित दुई विदेशी पक्राउ


0
Shares

बोलिभियन नागरिक अधेमर अनेज लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण व्युरोले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार बोलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपाल आएका लोपेजले शनिबार राति ठमेलमा भारतीय महिला जहानलाई कोकिन हस्तान्तरण गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

व्युरोका प्रमुख डिआईजी ठुले राईले ५९ वर्षीय भारतीय महिला भरिया भएको बताए ।

यस्तै व्युरोले बर्दियाका लक्ष्मण विकलाई खैरो हिरोईन तीन ग्राम र ललितपुर गोदावरीबाट हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित पक्राउ गरेको छ ।