Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’


0
Shares

मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दुरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

‘भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्नु दुरसञ्चार ऐन, नियम विपरीत हो,’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘यसो गरेमा कानुन अनुसार कारवाही हुन्छ ।’

भाइबर आउट विदेशबाट सञ्चालन भएको व्यवसाय हो । यसको सर्भर विदेशमा भएकाले यसमा नेपालबाट हुने कारोबारमा कर आउँदैन । सरकारलाई कुनै कर नआउने र आम्दानी गुम्ने भएकाले यो रोकिएको प्राधिकरणले जनाएको छ । –नागरिक दैनिकबाट