
पटेलसहितको समूहको आक्रमणबाट विद्यानन्द पटेल रामबहादुर पटेल, रूपनारायण पटेल, सुभाष पटेल, राजु पटेल र बिपत्तिदेवी पटेल घाईते भएका छन् ।
आक्रमणबाट घाईते भएका विद्यानन्द पटेलको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुरको अस्पतालमा पठाइएको छ ।
अरु घाईतेको गौर अस्पतालमा उपचार भैरहेको छ । उनीहरुले बाँसको लाठीले हिर्काएको पीडितले बताएका छन् ।
घटनामा संलग्न भएकाले दिपेन्द्र पटेललाई पक्रेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
घाईते विद्यानन्द पटेल सहितका ब्यक्तिले युवती जिस्काएको निहुँमा प्रहरी चौकी नरकटियामा छलफल हुँदै गर्दा वडा सदस्य पटेलसहितको समूहले कुटपिट गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्