२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


नेपालको अर्थतन्त्र विस्तार अनुमान गरिएभन्दा कम दरमा : एडीबी


0
Shares

बैंकका अनुसार यस वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै रहने जनाएको छ । एडीबीले यसअघि आफैंले गरेको प्रक्षेपणलाई हटाएको हो ।

सुरुमा ५.४ प्रतिशतका दरले नेपाली अर्थतन्त्र बढ्ने एडीबीको प्रक्षेपण थियो ।

अर्को ठूलो दातृ निकाय विश्व बैंकले वृद्धिदरको प्रक्षेपण घटाएलगत्तै एडीबीको पनि यो अध्ययन सार्वजनिक भएको हो । विश्व बैंकले ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

एडीबी र विश्व बैंक दुवैको प्रक्षेपण सरकारी अनुमानभन्दा २ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेटमा यस वर्ष ६.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । –कान्तिपुर दैनिकबाट