
मतदान गर्ने ३३ लाख मतदाताको ९२ प्रतिशतले अलग राज्य हुनुपर्ने पक्षमा मत दिएका हुन् । जसमा कुर्द र गैर कुर्द दुबै रहेको जनाइएको छ ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले जनमत संग्रहको नतीजा रद्द गर्न अपील गरेपनि परिणाम सार्वजनिक गरिएको हो । इराकी सरकारको विरोध हुँदाहुँदै पनि त्यस क्षेत्रमा मतदान गराइएको थियो ।
आबादीले कुर्दहरुलाई संवैधानिक मार्गबाट इराक सरकारसँग छलफमा बस्न पनि आग्रह गर्नुभएको छ ।
कुर्द नेताहरुले भने जनमत संग्रहको परिणाम र भावनाअनुसार नै बग्दाद सरकार र छिमेकीहरुसँग वार्ता अघि बढाइने बताएका छन् ।
जनमत संग्रह इराकको कुर्दिस्तान क्षेत्रको तीन राज्य र त्यसबाहेक केही कुर्द बहुल क्षेत्रमा गराइएको थियो ।
३३ लाख मध्ये २८ लाख ६१ हजार पक्ष र २४ हजार विपक्षमा मत परेको जनाइएको छ ।
इराक र अन्तर्राष्ट्रिय समुदायले यो जनमत संग्रहको भने विरोध गरेका छन् ।
यता, इराकी संसदले भने प्रधानमन्त्रीलाई तेल बहुल किरकुक र कुर्द सैनिक नियन्त्रित क्षेत्रमा सेना तैनाथ गर्न आदेश दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्