१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौंमा सवारी आवागमन कम


0
Shares

सडकमा फाट्टफुट्ट सवारी–साधन देखिन्छ भने पैदलयात्रीको चहल–पहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रीलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो ।

प्रहरीकाअनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौंबाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने योक्रम टीकाको दिनसम्म रहनेछ ।

काठमाडौंको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन ।

खसीबोका, कुखुरा, हाँस आदि खरिदका लागि बिहीबार बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् ।