
सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सन्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सर (पाइरोफोम साइनस)बाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।
विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झन्डै चार दशक रेडियो नेपालमै बिताए ।
उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इस्टकोट’लगायत दर्जनौं चर्चित गीत गाएका छन् ।
उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्