११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


भारतको रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु, ३० घाइते


0
Shares

एल्फिस्टन र परेलको लोकल रेलवे स्टेसनलाई जोड्ने पुलमा भागदौड मच्चिएको थियो ।

किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले घटनामा २२ जना जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अत्यधिक वर्षा भइरहेको बेला भागदौड मच्चिएको थियो । पानी परेपछि ओत लाग्न धेरै मानिस ‘फुटओभर ब्रिज’मा जम्मा भएका थिए ।

त्यसैबेला पुल भाँचिएको हल्ला फैलिएपछि भागदौड सुरु भएको बताइएको छ । (एजेन्सी)