
अडियोमा बग्दादीले अमेरिका र जापानमाथि उत्तर कोरियाको नयाँ चुनौतीका विषयमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।
उनले गत जुलाईमा इराकी सेनाले आइएसको नियन्त्रणबाट आफ्नो कब्जामा लिएको मोसुल सहरको संघर्षका विषयमा पनि बोलेका छन् ।
आइएसविरुद्ध संघर्षरत् अमेरिकी सेनाका प्रवक्ताले भने अडियोको जाँच भइरहेको भन्दै उनी जीवितै रहेको अनुमान कायमै राखिएको बताएका छन् ।
बग्दादी सन् २०१४ को जुलाईदेखि सार्वजनिक भएका थिएनन् । अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्