आंशिक प्राध्यापक डा. महेश गजुरेल तीन दिनदेखि आमरण अनशनमा • Image Khabar Image Khabar


आंशिक प्राध्यापक डा. महेश गजुरेल तीन दिनदेखि आमरण अनशनमा


Imagekhabar
१३ आश्विन २०७४, शुक्रबार १६:२१

आंशिक प्राध्यापक डा. महेश गजुरेल तीन दिनदेखि आमरण अनशनमा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा ६५ दिनसम्म रिले अनशनमा बस्दा पनि सरकारले बेवास्ता गरेकाले आमरण अनशनमा बस्नुपरेको नेपाल आंशिक प्राध्यापक संघले जनाएको छ ।

संघका पूर्वअध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारसँग २०६३ भदौ ६, २०६५ असोज २१ गते, २०६६ भदौ २१ र २०६९ जेठ ३२ गरी चारपटक सम्झौता भएपनि आजसम्म कार्यान्वयन नभएको र त्यही सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिनकै लागि आमरण अनशन बसेको बताए ।

सन् २०११ देखि आंशिक प्राध्यापककोरुपमा काम गर्दै आएकी राजविराजकी कुमारी चौधरीले आंशिक प्राध्यापकले पाउनुपर्ने सुविधापनि नपाएको र समयमै तलब पनि नदिएको गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस्