Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम


13
Shares

health guideline for festivals

नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने चलन छ ।

विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभसाइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि शनिबार बिहान ११ बजेर ५५ मिनेट टीकाका लागि उत्तमसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

उनले राज्य सन्चालनमा रहेकाहरुले भने साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए ।