Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छः प्रधानमन्त्री


0
Shares

रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आज आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे ।

उनले अब काँग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा काँग्रेस लाग्ने बताए ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब काँग्रेसको काँधमा आएको जिकिर गरे ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहलगायतले बोलेका थिए । रासस