२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


कंगोमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी राष्ट्रपतिमा विजयी


0
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी विजयी भएका छन् ।

उनले ३८ दशमलब ५ प्रतिशत मत ल्याएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताएका छन् ।

उनी मुलुक स्वतन्त्र भएपछि निर्वाचन जित्ने पहिलो विपक्षी नेता बनेका छन् ।

चुनावी नतिजाको औपचारिक घोषणापछि वर्तमान राष्ट्रपति जोसेफ काबिलाले १८ वर्षपछि सत्ता छाड्दै छैन ।

सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएपछि प्रजातान्त्रिक गणतन्त्र कंगोमा विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने राष्ट्रपति काबिलाले प्रतिबद्धता जनाएका छन् ।

तर चुनावमा धांधली भएको भन्दै अरु विपक्षी उम्मेदवारले सहजै चुनावी नतिजा स्वीकार गर्ने अबस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)