Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


कांग्रेसले कुनै गठबन्धन बनाउनु हुँदैन : सुजाता


0
Shares

वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको कांग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिइन् ।

मन्डिखाटारस्थित निवासमा बिहीबार सन्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भनिन्–‘कांग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनु हुँदैन बरु दुबैलाई डोर्‍याएर हिँड्नुपर्छ ।’

उनले ‘कांग्रेस बृहत् पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि कांग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी छ’–भनिन् ।

नेत्री कोइरालाले छिमेकीमुलुक भारत र चीनसँगको सम्बन्ध समदूरीमा राख्नुपर्ने बताइन् । रासस