२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगतको नमुना


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, पुस २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमुना दिएकी छन् ।

निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताइन् ।

बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

निर्मलाको हत्या भएको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन ।

अनुसन्धानकाक्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ ।