
बीउ उत्पादन र गुणस्तरमा दुबैमा रुकुम उत्कृष्ट भएको हो । नेपाल सरकारलगायत विभिन्न निकायले गरेको नापतौल तथा गुणस्तरमा रुकुमको बीउ नेपालमै उत्कृष्ट भएको समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र रुकुमले जानकारी दिएको छ ।
रुकुमको समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र चाँपामा वार्षिक रुपमा बीउको मागसमेत बढिरहेको कार्यालयले जनाएको छ । वार्षिक ३ मेट्रिक टन बीउ उत्पादन गर्दै आईरहेको उक्त केन्द्रले गत आर्थिक वर्षमा एक मेट्रिक टनका दरले गुणस्तरीय तरकारी बीउ उत्पादन गरेको हो ।
करिब ६ हेक्टर जग्गामा मौसमी र बेमौसमी विभिन्न जातका तरकारीको नर्सरी तयार गरी केन्द्रले बीउ उत्पादन गरेर कृषकलाई बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्