
आसामको एक अस्पतालमा एकै दिन आठ बालबालिकाको मृत्यु भएको हो । आसामको बारपेटामा रहेको फखरुद्दिन अली अहमद मेडिकल कलेजमा २४ घण्टामा आठ बालबालिकाको मृत्यु भएको हो । त्यहाँका बासिन्दाले डाक्टरको लापरवाही र अस्पतालको कमजोर संरचनाका कारण बालबालिकाको मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालले भने यो एउटा संयोगमात्र भएको प्रतिक्रिया दिएको छ । ज्यान गुमाउनेमा भर्खर जन्मेका शिशुदेखि २ महिनासम्मका छन् ।
गर्भावस्थामा आमाले राम्रो स्वास्थ्य जाँच नगराएकाले कमजोर शिशु जन्मिँदा ज्यान गएको हुन सक्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्