
पछिल्लो समय गुणस्तर खस्किँदा बजार प्रभावित बनेकाले किसान तथा व्यवसायीले आचारसंहिता बनाएका हुन् । आचारसंहितामा किसान, व्यवसायी र अलैँचीको उत्पादन तथा व्यवसाय प्रवर्द्धनमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायले पालना गर्ने सर्त उल्लेख गरिएको छ ।
अलैँची व्यवसायी संघले आचारसंंहिता तयार पारेको हो । आचारसंहिता अनुसार अब व्यवसायीले खरिद गरेको अलैँची सुख्खा ठाउँमा भण्डारण गरेर राख्नुपर्ने छ । यस्तै ग्रेडिङ अनुसारको अलैँचीको मूल्य दिनुपर्ने तथा बालश्रमको प्रयोग गर्न नहुने पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्